neapl investment mega bank
  • गृहपृष्ठ
  • रक्तदान अहिलेको आवश्यकताः लायन्स क्लबद्वारा रक्तदान कार्यक्रमको आयोजना

रक्तदान अहिलेको आवश्यकताः लायन्स क्लबद्वारा रक्तदान कार्यक्रमको आयोजना

Jul 11th, 2020

काठमाडौ, असार २७

लायन्स क्लबले यही शुक्रबार आषाढ २६ को दिन काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।

देश कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला थप एक संकट आइपरेको छः रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोभाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् ।

रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित छन् । यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यानदिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लायन्स क्लबले यस रक्तदान कार्यक्रमको आयोजना बाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्ने प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

एक सर्वेक्षण अनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि रहेको पाइन्छ ? त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदि लगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ ।
वास्तवमा यी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदि तपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वा माथी छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एचआई भि जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्क भएर रक्तदान गर्न सक्नुहुन्छ ।

लायन्स क्लबले कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि फेरि यस किसिमको रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी गराए ।

aadharbhumi
aadharbhumi
aadharbhumi