neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपा समर्थित श्रमिकले माइतिघरमा गरे विरोध प्रदर्शन (फोटो फिचर)

राप्रपा समर्थित श्रमिकले माइतिघरमा गरे विरोध प्रदर्शन (फोटो फिचर)

Jul 10th, 2020

काठमाडौ, असार २६

राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले विभिन्न १० बुँदे माग राखेर राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

क्वारेन्टीनलाई व्यवस्थित गर, पिसिआर परिक्षणको दायरा बढाउ, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउ, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर, किसानलाई रासायनिक मल, विउ उपलब्ध गराउ, सबै श्रमिकहरुको रोजगारीे सुनिश्चित गर, लकडाउन अवधिको पारिश्रमिक कटौति नगर, श्रमिकहरुलाई कार्यास्थलमा सुरक्षाको प्रवन्ध गर, स्वरोजगार श्रमिकहरुको जिविकोपार्जनको प्रत्याभूति गर, प्रवासी श्रमिकहरुको व्यवस्थापन गर लगायतका माग राखि बबरमहलबाट सुरु भएको ¥याली माइतिघर पुगेर धर्नामा परिणत भएको थियो ।

एक घण्टे धर्ना कार्यक्रमलाई समापन गर्ने क्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले कोरोना महामारीको विषम परिस्थितीमा राज्यले श्रमिक वर्गको समस्यालाई नजरअन्दाज गरेकोले लकडाउनको अवस्थामा मर्कामा परेका सम्पूर्ण क्षेत्रका श्रमिक वर्गलाई उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो । श्रमिकहरुको रगत पसिनाले आर्जेको आर्थिक रेमीटेन्समा निर्भर रहेको नेपालले नेपाली श्रमिकहरुलाई नै अप्ठ्यारो परेको अवस्थामा उचित व्यवस्थापन नगर्ने हो भने भोली जटिल परिस्थिती उत्पन्न हुने चेतावनी दिदै अध्यक्ष भण्डारीले कोरोनाको नाममा भ्रष्टाचार नगर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको विषय र मर्कामा परेका श्रमिकहरुको उचित व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षण गर्न टुकोन धर्नामा उत्रनुपरेको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत पेशागत श्रमिकहरुको उपस्थिती रहेको थियो ।

हेर्नुस् तस्वीरहरु:

aadharbhumi
aadharbhumi
aadharbhumi