neapl investment mega bank

एन्फाद्बारा नेपाली सेनालाई सहयोग

Jul 10th, 2020

काठमाडौ, असार २६

एन्फाले नेपाली सेनालाई सहयोग गरेको छ । आज शुक्रबार एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्धारा जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुुन ।

विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताको दौरानमा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरि जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्बारा आवश्यक सामग्रीहरु प्रदान गरिएको हो । उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिट मुनि रहेको २ (दुई) वटा प्लेयर चेन्जिङ रुममा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा (२३ २३ (तेईसरतेईस), फिजियो थेरापी वेड गोटा ( १ र १ (एक र एक), रेफ्रिजिरेटर गोटा (दुई), ऐना गोटा ( १ र १ (एक र एक) र रेफ्रि चेन्जिङ रुमको लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा (४ (चार), सोफा गोटा (४ (चार), टेवल गोटा (२ (दुई) लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, एन्फाका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्र्वधन र प्रर्वधनमा समेत थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi