आधारभूमि संवाददाता
काठमाडौं, असार २५
सुनचाँदीको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । महासंघका अनुसार आज एकैदिनमा छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ४०० पुगेको छ । बुधवार छापावाल सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।
आज तेजावि सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ निर्धारण भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रु ९१ हजार ६० मा कारोवार भएको थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ९ सय ८० पुगेको महासंघले जनाएको छ । बुधवार चाँदी तोलामा ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
यस अघी गत असार १७ गते सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको थियो ।