काठमाडौ, असार २४
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज बुुधबार कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ । सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिसत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी एक अर्ब ५ करोड ६० लाखको आठ दसमलव १२ प्रतिसतले हुन आउने खुद रु. ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको छ । सभामा आ.ब. २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमाशुल्क आठ प्रतिसतले बृद्धि भई एक अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराईएको कम्पनीले जानकारी दिएको छ ।