काठमाडौँ, २३ असार
भक्तपुरको बालकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका- २ बालकोट निवासी ४७ वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको सू.न. पा.वडा नं. २ का वडा सदस्य सुबास कार्कीले आधारभूमिलाई जानकारी दिए। निजलाई पाटन अस्पतालमा भर्ना गरि उपचार भई रहेको र स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले बताए ।
यस अघि सोमबार निजको छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो। छोरामा संक्रमण पुष्टि भएपछि निजको स्वाब परिक्षण गर्न पठाइएको थियो।स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।