neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा अवैध चोरीपैठारी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा अवैध चोरीपैठारी निकासीको सामान बरामद

Jul 7th, 2020

काठमाडौं, असार २३

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ दुर्गा मन्दिर स्थित सीमा ईलाकाबाट असार २२ गते एपीएफ टोलीले करीव दुई लाख सात हजार रुपैयाँ बराबरको अवैध चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।

अवैध रुपले ओसार पसार गरिरहेको अवस्थामा उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा, किराना सामान र जुत्ताचप्पल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।