neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ

Jul 7th, 2020

सुनसरी, असार २३

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट असार २२ गते एपीएफ टोलीले २ लाख ७६ हजार ७ सय ८० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २८ वर्षिय मोहम्मद आरिफ र ३० वर्षिय कमरु जमा छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुमा साथमा पाँच सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट २ सय ५० नेपाली रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।