काठमाडौ, असार २३
बिदेशमा अलपत्र अवस्थामा रहेका १२ सय जना नेपाली स्वदेश फर्किएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा आज मंगलबार उक्त संख्यामा नेपाली नागरिकहरुको स्वदेश आवागमन भएको हो ।
यस अन्र्तगत साउदी अरबबाट दुुई वटा उडान मार्फत क्रमश एक सय ५४ र दुुई सय ५२ जना, मलेसियाबाट एक सय ४६ र कुुवेतबाट बिभिन्न उडान मार्फत क्रमश एक सय ४९, एक सय ६० र एक सय ४९ जना एवं एवं युुएईबाट एक सय ५५ जनाको उद्धार गरिएको हो । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ । उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाईनहरुमा पठाउने तयारी भईरहेको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार हालसम्म बिदेशमा अलपत्र २० हजार ३० जनाको उद्धार गरिएको छ ।

