काठमाडौ, असार २३
नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकारको पेशागत अधिकार रक्षाको लागी संचालन गरेको आन्दोलन अन्तर्गत असार २३ गते मंगलबार लामो समयदेखी श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक लगायत सेवा सुविधा उपलब्ध नगराएको, जबरजस्ती बिदामा राखेको र वेतलबी बिदामा पठाएको नागरिक दैनिक र एपीवान टेलिभिजनको कार्यालयमा विरोध स्वरुप कालो व्यानर राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोका र काठमाडौं शाखाका अध्यक्ष शान्ताराम विडारी सहितको टोलिले संचार प्रतिष्ठानमा कालो व्यानर राखेको हो । महासंघले आन्दोलनको कार्यक्रम जारी रहेको जानकारी दिएको छ ।
