neapl investment mega bank
  • गृहपृष्ठ
  • आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि , ६८८ डिस्चार्ज

आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि , ६८८ डिस्चार्ज

Jul 7th, 2020

काठमाडौँ, २३ असार

नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ जना पुगेको छ । गत २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार १३३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २५ हजार ७२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार ६३४ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

थप ६८८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६८८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ६८८ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ७ हजार ४९९ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।