काठमाडौ, असार २३
रातको समयमा सटर फोडी सुन चाँदी पसल चोरी गर्ने गिरोह पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार विगतकेही समय देखिरातको समयमा काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुनचाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा उदयपुर घर भई हाल काठमाडौ बस्ने ३७ बर्षिय सुमित भन्ने गङ्गा बहादुर तामाङ, महोत्तरी बर्दिबास न.पा. वडा नं. ०४ घर भई हाल काठमाडौ बस्ने ४५ बर्षिय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गा.पा. वडा नं. ०३ घर भई काठमाडौ बस्ने ४९ बर्षिय बिक्रम भन्ने जङ्ग बहादुर माझी रहेकाछन ।
अनुुसन्धानबाट घटनास्थल पसल भित्र रहेको सिसिटिभी र डिभिआर समेत निज प्रतिबादीहरुले बोकी लगेको, दुईवटा समुहले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुन भेला जम्मा भई जेल छुट भएको एक महिना नबित्दै नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै घटना घटाएको देखिएको, चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीहरुलाई कन्भिन्स गरी पुन चोरी कार्यमा लगाई कम पैसामा काम लगाएको देखिएको, चोरी गर्ने चोरहरुको उमेर समुह हेर्दा ५० र ५५ बर्षको पुराना चोरहरुले २० र २१ बर्षको चोरलाई समेत प्रयोग गरेको देखिएको र चोरी गरेका सामानहरु मुख्य नाईके भारतीय मुलका रहेका एकजना चोरले बेचबिखन गरी फरार रहेको देखिएको खुुलेको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरुले कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाइ साईकल लिई बिभिन्न सुनचाँदी पसलहरुको हप्तादिन सम्म रेकि गरी बिशेषत रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोडी चोरी गर्ने गिरोहले मो.सा. को प्रयोग गत फागुुन १८ गते अन्दाजी १ः३० बजेदेखि २ः३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ०२ लाजिम्पाट स्थित दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम बराबरको सुनका गरगहना, आठ किलो ५६० ग्राम बराबरको चाँदीका गरगहनाहरु र नगद समेत गरी जम्मा ८५ लाख ८५ हजार छ सय ४२ रुपैयाँ मात्रचोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा खुुलेको छ । सोही आधारमा अपराध महाशाखाबाट खटि गएको बिशेष टोलीले यही असार २१ गते जिल्ला मोरङ उर्लाबारी स्थितबाट सुमित भन्ने गंगा बहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरी महाशाखामा ल्याईएको प्रहरीले जनाएको छ ।
साथै सोही घटनामा फरार रहेका प्रतिबादीहरुमध्ये बिक्रम भन्ने जङ्ग बहादुर माझीलाई असार २२ गते सोमबार अन्दाजी तीन बजेको समयमा का.जि. दरबारमार्ग स्थितबाट पक्राउ गरी महानगरीय प्रहरी वृत्त लैनचौर पठाईएको र सो घटनामा संलग्न रहेका अभियुक्तहरु मध्ये एकजना गत त्रैत नौ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।