neapl investment mega bank
  • गृहपृष्ठ
  • कोलकाता स्थित नवनियुक्त महावाणिज्यदूत संग चेम्बरका अध्यक्ष तथा पदाधिकारीे संगको भेटघाट

कोलकाता स्थित नवनियुक्त महावाणिज्यदूत संग चेम्बरका अध्यक्ष तथा पदाधिकारीे संगको भेटघाट

Jul 6th, 2020

काठमाडौ, असार २२

हालै नेपाल सरकारबाट नवनियुक्त भएका कोलकाता स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत इश्वरराज पौडेललाई नेपाल चेम्बर अफकमर्स स्थित कार्यालयमा स्वागत गर्दै कार्यकालको शुभकामना नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दिएकाछन । सो अवसरमा वोल्दै महावाणिज्य दूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रीत हुने वताए ।

साथै नेपाल चेम्बर लगायत फ्रेट फर्वाडर्स एशोसियसन, चेम्बरका कोलकाता स्थित समकक्षी संस्था इण्डियन चेम्वर अफ कर्मस, कलकत्ता चेम्वर अफ कर्मस सहितको उच्च स्तरीय निकाय संगको समेत सहकार्यमा व्यापार सहजीकरण गर्न आफु दृढ समर्पित रहि कार्य गर्ने विश्वास दिलाए । सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठे सिपिङ लाइनले कन्टेनर मालिने डिटेन्सन शुल्कमा एकरुपता नभएको हुंदा सो हटाउने तर्फ पहल गर्नु पर्ने अनुरोध गर्दे नेपालको लागि एथेस्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्थ ाहुनु पर्ने वताए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले पारवहनलागत घटाउन तंहावाट हुन सक्ने प्रयास जारी राख्न पहलहुनु पर्ने, कोलकाता कस्टुुम हाउससंग सुमधुर संम्बन्ध राखि नेपाली कार्गो लाई सहजीकरण गर्ने , कोलकाता पोर्ट ट्रस्तसंग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला एवं शुल्क मिनाह गरी व्यवशाय गर्न सहजगर्ने तर्फ आवश्यक पहल गरिदिन विशेष अनुरोध गरे ।

साथै सिआईएफ बिरगञ्जमा हुनेगरी एलसी कारोवार गर्दा पारवहन लागत कम हुने भएकोले सिपिङ लाईनको सहयोगी भूमिका महत्वपूर्ण हुने हुंदा त्यसतर्फ पहल गरी दिन र कन्टेनर डिटेन्सन शुल्कलाई कम गर्न आवश्यक पहल गर्न समेत अनरो धगर्नुका साथै पारवहन तथा गोदाम व्यवस्था कंम्पनी लिमिटेड लगायत चेम्बर संग समझदारी पत्रमा हस्ताक्षर भएका करीव चार वटा चेम्बर संग समन्वय गरी व्यापार, लगानी र कोभिडको महामारी प्रश्चात मेला, प्रदर्शनीमा सहभागीतामा जोड दिनु पर्ने वताए ।

सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष, कमलेश कुमार अग्रवाल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।