neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरको बालकोटमा पनि देखियो कोरोना पोजिटिभ

भक्तपुरको बालकोटमा पनि देखियो कोरोना पोजिटिभ

Jul 6th, 2020

काठमाडौँ, २२ असार

भक्तपुरको सूर्यविनायक नगरपालिका- २ बालकोटमा एक २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। निज संक्रमित गत असार १५ गते यातायात कार्यालय गएका थिए । यातायातमा सवारी साधनको चेसिस नं. नमिलेको कारण तनाव भई पसिना आएको , घर फर्किदा पानीमा भिजेको र राती ज्वरोआई पाटन अस्पतालमा भर्ना भएका थिए । निजको स्वाब टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमितको परिवारमा पाँच जना सदस्य छन् । निजको परिवार मध्ये आमाको पी.सी.आर टेस्ट गर्न पठाइएको छ । संक्रमित बस्ने घरमा बाँकी रहेका सबैलाई होम क्वारेन्टीनमा राख्नुका साथै तीन घर सिल गरि छिटै पी.सी.आर टेस्ट गर्ने सू.न. पा वडा नं. २ का वडा सदस्य सुबास कार्कीले आधारभूमिलाई जानकारी दिए। निजको स्वास्थ्य स्थिति सामान्य रहेको कार्कीले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi