neapl investment mega bank
  • गृहपृष्ठ
  • काममा जाउँ कोरोनाको डर, घरै बसौं हातमुख जोड्नै धौ -धौ

काममा जाउँ कोरोनाको डर, घरै बसौं हातमुख जोड्नै धौ -धौ

Jul 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २२ असार

यतिवेला उपत्यकामा कोराना संक्रमण बढ्दो छ । आज मात्र ५४ जनालाई संक्रमण पुष्टि भयो । सरकारले लकडाउन खुकुलो गरेसंगै कोराना संक्रमण पनि बढ्दो छ । सानोतिनो जागिर गरेर गुजारा गरेका अधिकाँश कर्मचारी एक त कोरानाको डरले अर्को सार्वजानिक यातायात नचल्दा कार्यालय गएर काम गर्न सकेका छैनन् ।

कोरोना संगको डरले तनहुँका श्याम थापाले पनि घरबाटै काम गर्ने निर्णय गरे तर सोचेजस्तो भएन अफिस जना नसकेपछि उनको जागिरै गुम्यो । सात वर्ष अघि काठमाडों आएर एक सहकारी संस्थामा काम गर्दै गुजारा गरिरहेका तनहुँका श्याम थापा कोराना कहर शुरु भएपछि हात मुख जोड्नै नसक्ने अवस्थामा पुगेका छन् ।

मासिक १५ हजार कमाएर एक बच्चा पढाउँदै बाफलमा बसेका थापा बढ्दो लकडाउनसंगै परिवारलाई कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

कोराना महामारी शुरु भएसंगै सहकारीको जागिर पनि गुम्यो । पहिले वचत गरेको केही पैसाले अहिले सम्मको खर्च त धान्यो अव के खाने र कसरी घरभाडा तिर्ने भन्ने चिन्ताले सताएको छ उनलाई । भन्छन् अहिले सम्म आफ्नै स्वाभिमानमा बाँचेको न त राहत माग्न जान सुहाउँछ, न त आफ्नै कमाइले धानिने अवस्था छ , अव के गर्ने के गर्ने केही सोच्नै सकेको छैन । बरु लकडाउन खुलेपछि आफ्नै गाउँ फर्केर केही गर्नुपर्छकि भन्ने लागेको छ ।

उनले आर्थिक संकट प्यो भन्दै घरवेटीसंग डेराभाडामा छुटको आग्रह गरे तर पाएनन् । २ महिना भैसक्यो घरवेटीले भाडाकोलागि ढोका ढक्ढकाउन थालेको ।ुकसरी तिर्ने हो तनावै तनाव छु ९ उनले भने ।

यस्तै चिन्ताले सताएको छ भर्खर कमाउँदै कलेज पढ्न थालेका सन्तोष भुजेलललाई पनि । ‘सुविधा केही छैन, महंगो भाडा तिर्नुपरेको छ तैपनि सधै घरवेटीको किचकिच, रविभवनका डेरावाल सन्तोष भुजेलले सुस्केरा हाल्दै भने,ुयो काठमाडौं त हामीजस्ता मध्यमवर्गियको लागि पीडैपीडा दिने ठाउ बनेको । ५ वर्षअघि देखि काठमाडौमा डेरा गरी वसेका चितवनका सन्तोष घरवेटीले गर्ने व्यवहारवाट दिक्क छन् ।

कलेज पढ्ने र एक निजी संस्थामा जागिर खाने सन्तोषलाई काठमाडौको वसाइ वार न पार भएको छ । न यहाँ खुसी र रमाइलोसंग बस्न पाएका छन् न त फर्केर चितवन नै जान सकेका छन् । उनी भन्छन्के के नै गरिएला भनेर काठमाडौ आइयो तर सुविधायुत्त डेरामा बस्न नपाउदा टेन्सन मात्र भएको छ, प्रगति त परै जाओस् ।

आफना घरवेटीले कहिल्यै राम्रो व्यवहार नगर्ने, पानी पनि अड्कलेर दिने, फोहर प्याँक्ने सुविधा नदिने, विजुली र केवुलको पनि मनपरी पैसा लिने गुनासो उनले गरे ।

काठमाडौमा डेरा गरी बस्ने धेरैले घरवेटीबाट ज्याजती नै हुने गरेको बताउँछन् । लाजिम्पाटमा डेरागरी बस्ने टिएन शर्मा राजधानीका घरधनीहरुले पैसाको मात्र मुख हेर्ने तर, मानवीय व्यवहार पनि गर्न नजान्ने टिप्पणी गर्छन् । उनी भन्छन्,९भाडामा लगाउने वेलामा यस्तो उस्तो सुविधा छ भन्ने तर बस्न थालेको एक महिना नहुदै किचकिच गर्ने भाडा वढाउन थाल्ने, सुविधामा कटौती गर्दे जान्छन् ।

आफना घरवेटीले कलेज पढाउने तर व्यवहार भने पढ्दै नपढेकाको जस्तो गर्ने गरेको उनी बताउँछन् ।
मुलुक अहिले कोरोनाले आक्रान्त भएको छ । कोराना संक्रमित हुने क्रम दिनदिनै बढिरहेको छ । कोराना महामारी रोक्न गरिएको लकडाउनको अवधि पनि तीन महिना पुरा भइसक्यो । यस अवधिमा नियमित कृयाकलापका अतिरिक्त आर्थिक कारोवार ठप्प छन् ।

अत्यावस्यक सेवाका बाहेक सबै क्षेत्रका कर्मचारी तथा मजदुर घरमै बस्न बाध्य छन् । अधिकांश जनताको आय आर्जनमा रोकावट आएको छ ।

कतिले त जागिरबाटै हात धुनुपरेको छ । यस संकटको बेला शहरमा सानोतिनो रोजगारी गरी डेरामा बस्नेहरु विभिन्न्न समस्यामा परेका छन् । कोरोनाको कारण नियमित रूपमा काम गर्न नपाएपछि डेरावालाहरूलाई समयमा भाडा बुझाउनु र नियमित रूपमा खाद्यान्नको व्यवस्था गर्नु नै मुख्य समस्या भएको छ ।

सरकारले डेरावालको समस्यालाई दृष्टिगत गर्दै घरबेटीहरूलाई भाडा मिनाहा गर्न आग्रह गर्यो ।

तर सो आग्रह सबै घरवेटीले लागू गरेका छैनन । कतिपय घरवेटी भाडा मिनाहा गर्न असमर्थ छन् त कतिले पालना गर्न हिच्किचाइरहेका छन् । त्यस्तै कोरोना महामारीकै समयमा कतिपय घरबेटीहरूले त भाडामा बस्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई घरमा प्रवेश गर्न रोक लागाएको तथा घरनिकाला नै गरेको दुःखद् समाचार पनि आएका छन् ।

यस्ता घटनाले घरमालिक र डेरावालहरूबीच मनमुटाव हुने गरेको छ । आफ्नो जीवनचर्या निर्वाध रुपले चलाउने तनाव एकातिर छदैछ, त्यसमाथि घरधनीको व्यवहारको कारण थप मारमा परेका छन् । अहिले राधानीमा डेरा गरी बस्नेको दिनचर्या निकै कष्टकर बन्दै गएको छ । पानीको हाहाकार छ । हप्तामा एक पटक नुहाउन र लुगा धुन त परै जाओस खानेपानी पनि पाईदैन, तर पानीको पैसा नतिरी हुदैन ।

इनारहरु सुक्दै गएका छन् । ट्याक्करको पानी किनेर चलाउनु परेको छ । ट्यांकरले पनि महंगो पैसा लिन थाल्यो । घरवेटीले मनपरी भाडा तोक्छन । फोहरको पैसा महिनै विच्छे तिर्नुपर्छ तर समयमा फोहर लिन आउदैन । महंगो भाडा तिर्दा पनि सुविधायुत्त तवरले बस्न पाइदैन । यस्ता समस्या राजधानीका धेरै डेरावालबाट सुनिन्छ ।

तर घरवेटीले यसको सम्वोधन गरिदिन त कता हो कता सुन्न पनि चाहदैनन् महिना शुरु हुन नपाउँदै भाडा उठाउन आउँछन् । सुविधाको कुरा गरे कचकच गर्छन् । डेरावाल संग चर्को भाडा उठाउछन् तर आफूले सरकारलाई कहिल्यै घरवहाल कर तिर्दैनन् ।

अझै गरिव हुने खतरा

सन २०११ को जनगणनामा अधारित रेपोर्ट अनुसार नेपालको कुल जनसंख्याको २२५ मध्यम वर्ग अन्तरर्गत पर्दछन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाली जनसंख्याको ४० प्रतिशत मध्यम वर्ग छ । यी वर्गमा बिशेषतः साना एवम मध्यम खालका व्यवसाय गर्नेदेखि आधुनिक शैलीमा कृषी ब्यवसाय गर्नेलगायत शिपयुक्त भई वैदेशिक रोजगारमा गएकाहरु पनि पर्दछन् ।

सानोतिनो व्यापार व्यवसाय र रोजगारीमा भर परेको मध्यम वर्ग पनि कोरोना महामारीमा जकडिने निश्चित छ । मध्यम वर्गको आफ्नो आम्दानीको दिगोपन हुँदैन । उनीहरू आश्रित कम्पनी वा व्यवसायमा अप्ठ्यारो अवस्थाको परिणाम आश्रित कर्मचारीको आम्दानीमा पर्न जान्छ । अर्थात आफ्ना रोजगारदाताले पाएको हानीमा उनीहरु पनि भागिदार बनिदिनुपर्छ ।

किनकी उद्योग धन्दा बन्द भएपछि कतिपयले जागिरबाट हात धुनुपरेको छ भने कतिपयले तलव पाएका छैनन् । बहुसंख्यक व्यवसायी र रोजगारदाताको रोजीरोटी पनि मध्यम वर्गले नै धानिदिएका छन् । मध्यम वर्ग निर्वल हुने वित्तिकै मध्यम स्तरका उद्योगधन्दा पनि धरासायी बन्ने खतरा वढ्छ ।

बन्दाबन्दीको कारण अति विपन्न वर्गको साथै मध्यम वर्ग पनि समस्यामा परेको छ ।गरिबीबाट भर्खरै उठेको मध्यम वर्ग पुन गरिवीको भूमरीमा धकेलिंदै छन् ।

आय आर्जन कार्यक्रमको खाँचो

कोराना महामारीबाट सिर्जीत मध्यम तथा निम्न वर्गिय जनता तथा डेरावालको जीवनस्तर उकास्न सरकार तथा सम्वन्धीत निकायले समयमै चासो दिनुपर्ने देखिन्छ । कोरानादे निम्त्याएका समस्या मध्यनजर गर्दै सरकार तथा स्थानीय निकायले कोरोनाको कारण उत्पन्न भोकमरी र गरिवीको अन्त्य गर्न आय आर्जनका नयाँ कार्यक्रम तथा योजना तत्काल थालनी गर्नैपर्छ ।

मध्यम वर्गको जीवनस्तर खस्कन नदिन र निम्न वर्गको जीवन स्तर उकास्न सरकाले तत्काल आर्थिक उपार्जनका व्यवस्था मिलाउनुपर्ने देखिन्छ । यसको लागि नेपालको कृषि उत्पादन, नेपालमा खाद्यवस्तुको उपलब्धता र सोको पूर्तिको लागि उत्पादन र वितरण प्रणालीको विश्लेषण गरी कार्ययोजना अघि सार्नुपर्ने देखिन्छ ।

मुलुकमा गरिवीका दुष्चक्र फैलिन नदिन लकडाउनबाट प्रभावित सबै वर्ग र क्षेत्रलाई समेट्नेगरी रोजगारीका कार्यक्रम ल्याउनु जरुरी छ । कोरोना महामारीले निम्त्याएको गरिवी संग लड्न सरकारले गरेका सहायताका प्रयासले सबै वर्ग र क्षेत्रलाई समेट्नुपर्ने खाँचो छ । जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएर त्यसको प्रभावकारी कार्यन्वयन गर्ने तर्फ स्थानीय निकाय उत्तरदायी हुनु आवस्यक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi