neapl investment mega bank
  • गृहपृष्ठ
  • भेन्टीलेटर बैंकको सेवा सञ्चालन ,सबै अस्पतालमा उपलब्ध गराउने

भेन्टीलेटर बैंकको सेवा सञ्चालन ,सबै अस्पतालमा उपलब्ध गराउने

Jul 6th, 2020

काठमाडौ असार २२

नेपाल भेन्टीलेटर बैंक सर्र्भिसको सुरुवात भएको छ । सम्पूर्ण विश्व नै कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको अवस्थामा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उदेश्यकासाथ भेन्टीलेटर बैंकको सेवा सुचारु गरिएको हो ।

नेपालमा भेन्टीलेटर लगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्दमा डटेर लड्न कठिन हुने अवस्था अनुुमान गरिएको छ । यो अभावले हाल सम्पूर्ण स्वास्थ जगतमा निम्त्याएका र भविष्यमा समेत हुन सक्ने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नुपर्छ भन्ने निष्कर्षमा पुगि ‘नेपाल भेन्टीलेटर सिर्भिस’ नामक परोपकारी संस्था स्थापना भएको हो । परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उदेश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरु सम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने संस्थाले जनाएको छ ।

कोभिड १९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्ने सकिने गरि संस्थाले समन्वय गर्ने जनाएको छ ।यस संस्थाले नेपालका औद्योगिक तथा ब्यबसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उदेश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्नेछ ।संस्थाको स्थापना पूर्व नै विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् । हाल यस संस्थासँग कोभिड१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भई सकेका छन् । कोभिड१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया पनि सुचारु गरिसकेको संस्थाको भनाई छ ।

संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोहि प्रदेश कै शाखाबाट उपलब्ध गराउने संस्थाले जनााएको छ ।