neapl investment mega bank
  • गृहपृष्ठ
  • इनफ इज इनफ’अभियानमा बिभिन्न क्षेत्रका १४ व्यक्तिद्धारा एक्येवद्धता

इनफ इज इनफ’अभियानमा बिभिन्न क्षेत्रका १४ व्यक्तिद्धारा एक्येवद्धता

Jul 6th, 2020

काठमाडौं, असार २२

इनफ इज इनफ’अभियानमा बिभिन्न क्षेत्रका १४ व्यक्तिद्धारा एक्येवद्धता जनाएकाछन । आम नेपाली नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी ‘इनफ इज इनफ’ ) अभियानप्रति हामी ऐक्यवद्धता जाहेर गर्दछौं, १४ व्यक्तिद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

महामारीको प्रभावकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्य संवेदनशील र समय सान्दर्भिक छ । यसै सिलसिलामा अभियन्ताद्वय ईः र पुकार बम विना खाना र पानी ११ दिन यता सत्याग्रहमा छन् ।

अभियानका माग र वार्ताप्रति सरकार गम्भीर नदेखिनु चिन्ताको विषय बनेको छ । सरकारको उदासीनता निन्दनीय छ । शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा युवाहरूको स्वतःस्फूर्त सहभागिता स्वागतयोग्य घटनाक्रम हो । यसै पनि युवाहरूको जिम्मेवार पहल सरकारकै सहयोगमा छ, देश र नागरिकको हितमा छ ।

सत्याग्रही ईः र पुकारको संवेदनशील स्वास्थ्य स्थितिसमेतलाई मध्यनजर गर्दै, अभियानका जिम्मेवार मागहरू अबिलम्ब सम्बोधन गर्न सरकारलाई आह्वान गर्दछौं । प्रत्येक नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको ध्यानाकर्षण गराउँदै, अन्यथा स्थिति उत्पन्न हुन गएमा सरकार नै पूर्ण जिम्मेवार रहने व्यहोरासमेत अनुरोध गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।

यि हुुन एक्येवद्धता जनाउनेहरु
१. अभिषेक प्रताप शाह
२. अश्मिना रन्जित
३. आशुतोष तिवारी
४. कन्चन झा
५. कुञ्जन तामाङ
६. चारु चड्डा
७. डा. दिनेश प्रसाई
८. डा. निश्चल नाथ पाण्डे
९. परशुराम वाईबा तामाङ
१०. बसन्त रन्जितकार
११. सगुन सुन्दर लावती
१२. सलिल सुवेदी
१३. प्रा. डा. सितु लाल श्रेष्ठ
१४. हिमा बिष्ट

aadharbhumi
aadharbhumi
aadharbhumi