neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ३५ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ३५ पुग्यो

Jul 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ असार

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बागलुङका २९ वर्षीय एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ताका अनुसार बागलुङका निसीखोला गाउँपालिका-३ बस्ने २९ वर्षीय एक पुरुषको असार २१ गते मृत्यु भएको हो। उनी ढोरपाटन नगरपालिकाको क्वारिन्टिनमा रहेका थियो । उनी क्षयरोग पीडित थिए। उनी भारतबाट क्षयरोगको उपचार गरेर नेपाल फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi