काठमाडौ, असार २२
नेपाल वायुसेवा निगमको सात जना क्रु मेम्वरलाई कोरोना पुुष्टि भएको छ । निगमका अनुसार उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीहरुका लागि आवश्यक निर्धारित मापदण्ड अनुसारको जिम्मेवारी पुरा गर्दै आएकोेमा आफ्ना निर्धारित तालिका अनुसारका उडानहरु गरेपश्चात क्वारेन्टाइनबाट घर पठाउने क्रममा पि.सी.आर. परीक्षण गर्दा परीक्षणको क्रममा ७ जना क्रु मेम्बर लाई कोरोना पुष्टि भएको हो । यसमा अन्य सात जना सम्भावित क्रु मेम्बरहरुलाइ पुष्टि हुन बाँकी नै छ । उनीहरुको उपचार सम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र अझ थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडानहरु यथावत सञ्चालन भईरहने जानकारी निगमले दिएको छ ।
उडान कार्यमा संलग्न चालकदल सहित अन्य क्याविन क्रु हरुलाई पिपिई सहितका सामाग्री उपलब्ध गराउनुका साथै अन्य आवश्यक सुरक्षा पनि व्यवस्था गरिदै निगमले जनाएको छ । उडानमा संलन चालकदलका सदस्य एवं अन्य उडान कर्मचारीहरुलाई नियमानुसार निर्धारित समयसम्म होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको निगमले जनाएको छ ।