neapl investment mega bank
  • गृहपृष्ठ
  • पुँजीबृद्धिको योजना पछि १ सय ६ बैंक बित्त मर्जरमा, ७० साना बैंक बित्त बिलय

पुँजीबृद्धिको योजना पछि १ सय ६ बैंक बित्त मर्जरमा, ७० साना बैंक बित्त बिलय

Jul 6th, 2020

आधारभूमी संवाददाता

काठमाडांैं, असार २२

नेपाल राष्ट्र बैंकले ५ वर्ष अघि पुँजीबृद्धिको योजना सर्वाजनिक गर्नु अघि ७६ वटा रहेका बिकास बैंकहरु अहिले २१ वटामा समिति भएका छन् । त्यस्तै ४८ वटा रहेका बित्त कम्पनी अहिले घटेर ३३ वटा भएका छन् ।

पुँजीबृद्धिको योजना पछि बाणिज्य बैंकहरुले ३५ वटा बिकास बैंकलाई आफुमा गाभेका छन् । यसबाहेक २० वटा मात्रै बिकास बैंक एक आपसमा गाभिएका हुन् । चुक्ता पुँजी बृद्धि गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याएपछि अहिलेसम्म १ सय ६ संस्था एक आपसमा गाभिएका छन् । चुक्ता पुँजी बृद्धि मार्फत ठुलो आकारको बैंक बनाउने परिकल्पना गरिएको भएपनि ४ वटा मात्रै ठूला खालका बाणिज्य बैंक एक आपसमा मर्ज भएका छन् भने अन्य बैंकले बिकास बैंक र बित्त कम्पनी गाभेका छन् ।

बिकास बैक र बित्त कम्पनी गरि ७० वटा संस्था बाणिज्य बैकमा त केहि बिकस बैंकमा बिलय भएका छन् ।

२०७२ मा जलविद्युत तथा ठूला खालका भौतिका पूर्वाधारमा स्वदेशकै बैंकहरु लगानी गर्न सक्षम होउन् भन्ने सोचका साथ राष्ट्र बैंकले पुँजीबृद्धि मार्फत ठूला खालका बैंक बनाउने योजना सार्वजनिक गरेको थियो । पूर्व गभर्नर चिरञ्जीबी नेपालले ५ वर्ष अघि ल्याएको मौद्रिक नीतिले २०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुले चुक्ता पूँजी वृद्धि गरी ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड, र वित्त कम्पनीहरुले ८० करोड पु¥याउनु पर्ने व्यवस्था गरेको थियो । विशेषगरि बैंक तथा वित्त सस्था मर्जर गरेर ठूलो बनाउने योजनाका साथ आएको यो अवधारणाले बिकास बैंक र बित्त कम्पनीको मात्रै संख्या घटाएको छ ।

बाणिज्य बैंकले पुँजी पुराउनका लागि एक आपसमा गाभिने भन्दा पनि बिकास बैंक र बित्त कम्पनी गाभ्ने वा हकप्रद र बोनस सेयर जारी गर्नेतर्फ लागे । जसका कारण अहिले साना खालका बैंक तथा वित्त सस्था लोप नै हुने हुन् कि भन्ने भय पैदा भएको छ ।

बाणिज्य बैंकहरुले पुँजी बृद्धि गर्नका लागि अर्काे बैंक सँग गाभिने भन्दा पनि बिकास बैंक र बित्त कम्पनीलाई आफुसँग गाभे । यसबाहेक अपुग पुँजीका लागि हकप्रद तथा बोनस सेयर जारी गरे । ठुला खालका ऋण दिन बाणिज्य बैंक तथा मध्यम तथा साना खालका ऋणीलाई लक्षित गरेर बिकास बैंकको स्थापना गरिएको हो । तर, अहिले काठमाडौं बाहिरका साना तथा मझौला उद्योगी तथा व्यवसायीलाई ऋण दिने बित्त बिकास बैंकहरु घट्दै जान थालेको देखिन्छ।