काठमाडौ, असार २१
सरकारले हालसम्म बिदेशमा अलपत्र परेका १८ हजार भन्दा बढीको उद्धार गरेको छ । सिसिएमसीका अनुसार यही असार २० गतेसम्म भने बिभिन्न देशबाट १८ हजार दुुई सय ९४ जनाको उद्धार गरेको जानकारी गरिएको हो ।
आईतबारमात्र सिसिएमसीले कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका झण्डै छ सय नेपाली स्वदेश फिर्ता ल्याएको छ । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज आईतबार तीन वटा देशबाट उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।
सो मध्ये कतारबाट दुुई वटा उडान मार्फत क्रमश एक सय ४७ र एक सय ५२, युुएईबाट एक सय ४९ र कुवेतबमट एक सय ५६ जना रहेकाछन । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।