neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको कपडा सहित मानिस पक्राउ

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको कपडा सहित मानिस पक्राउ

Jul 5th, 2020

कञ्चनपुर, २१ असार

बलौरी नगरपालिका-८ पचुईबाट अबैधरुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख १६ हजार ९० रुपैयाँ बराबरको कपडा सहित सोही नगरपालिका-६ बस्ने उमेश भन्ने ३२ वर्षीय उद्धव सिंह बिष्ट लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई भारतबाट म.१ ह १४१५ नम्बरको अटोमा भन्सार छलेर ल्याउँदै गरेको उक्त मूल्य बराबरको कपडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi