neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई बालुवाटार बोलावट

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई बालुवाटार बोलावट

Jul 4th, 2020

काठमाडौँ, २० असार /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको बोलावटपछि अहिले मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुग्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको थियो ।