neapl investment mega bank

राष्ट्रपतिसँग प्रम ओलीको भेट

Jul 4th, 2020

काठमाडौँ, २० असार/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो ।