neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ

Jul 4th, 2020

काठमाडौं, २० असार

कास्की, पोखरा महानगरपालिका-१४ चाउथे अनुपम टोल बस्ने ५५ वर्षीय भिम बहादुर तिमिल्सिनाको घरमा जुवातास खेलिरहेको अवस्थामा तिमिल्सिना लगायत ६ जनालाई नगद १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ तेजनगर बस्ने धर्मेस रावतको माछा पोखरी नजिक बनाएको फुसको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय रमेश शर्मा सहित ४ जनालाई नगद १ लाख ४४ हजार २ सय ४५ रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi