neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ

नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ

Jul 4th, 2020

काठमाडौं, २० असार

नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरू रहेका फेला परेको थियो ।
उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi