neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनचाँदी पसलबाट गरगहना चोरी गरेको अभियोगमा तीन जना पक्राउ

सुनचाँदी पसलबाट गरगहना चोरी गरेको अभियोगमा तीन जना पक्राउ

Jul 4th, 2020

नवलपरासी (पूर्व), असार २०

गैडाकोट नगरपालिका ५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली राधा कृष्ण चोक बस्ने दोलखा मलुङं गाउँपालिका-१ घर भएका २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-३ घर भएका २८ वर्षीय तिर्थ बहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने काभ्रेपलान्चोक धुलीखेल नगरपालिका १२ घर भएका ४० वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनाको अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा १ थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर १ थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औचारहरु समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi