neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत :राप्रपा अध्यक्ष राणा

राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत :राप्रपा अध्यक्ष राणा

Jul 4th, 2020

काठमाडौं, असार २०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत रहेकोले दलभन्दा माथि रहने राष्ट्राध्यक्षको महत्व र सान्दर्भिकता उजागर भएको बताएका छन् ।

‘कार्यकारिणी र राष्ट्रपति बीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद छैन। दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ,’ अध्यक्ष राणाले शुक्रबार ट्वीट गर्दै भने ।

‘घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दर्भिकता पुनः उजागर भएको छ,’ उनले भने ।

विकसित घटनाक्रममा टिप्पणी गर्दै राणाले भने, ‘संसद अधिवेशन हठात अन्त्य भएसँगै राष्ट्रपतिको पक्षपाती भूमिका सर्वत्र आलोचित छ । संविधानको परिकल्पना विपरीत दलीय र गुटगत राजनीतिक साँठगाँठ पटक–पटक देखा परेको आमसत्य हो ।’ उनले भने, ‘अधिवेशन अन्त्य प्रकरणबाट राष्ट्रपतिको गरिमा, निष्पक्षतामा पुनः प्रश्न उठेको छ । व्यक्तिगत लहड निर्णायक देखिएको छ ।’