आधारभूमि संवाददाता
काठमाडौ १९, असार
विश्वव्यापी महामारी कोभिड–१९ ले अन्य क्षेत्रमा जस्तै व्यापार क्षेत्रमा पनि ठूलो असर पारेको छ। सानोतिनो व्यवयपार व्यवसाय गरेर गुजारा चलाउने साना व्यापारीलाई यसले अपुरणिय क्षति पुरयाएको छ ।
लकडाउन खुल्ला र पहिले जस्तो व्यापार गरौला भनेर बसेका साना व्यापारीलाई लम्बिदै गएका लकडाउन निकै पट्यारलाग्दो बन्दै गएको छ ।
लकडाउनले व्यापार चौपट भएको भन्दै जेठको तेस्रो साता न्यूरोडका व्यापारीले लकडाउन अवज्ञा गर्दै पसल खोलेका थिए । व्यापारीले मर्कामा परेको गुनासो गरिरहेपछि राष्ट्रिय व्यवसायी महासंघ सरकारलाई दबाब दिन थाल्यो ।
सरकारले पनि असार १ गतेदेखि लकडाउन केही खुकुलो पारेको छ । व्यपारीलाई विहान वेलुका पसल खोल्न अनुमती दिएको छ । तर, सार्वजानिक यातायात नखुलेका कारण बजारमा चहलपहल छैन । सर्वसाधारणको आवतजावत नभएपछि व्यापार पछि छैन । सार्वजनिक यातायात सञ्चालनमा नआउँदा न त मानिसको ‘मुभमेन्ट’ हुन्छ न त व्यापार ।
अर्थतन्त्रको प्रमुख आधार नै व्यापार हो । कोराना महामारीका कारण नेपालको मात्र नभई विश्वको अर्थतन्त्रको व्यापारमा मन्दी आएका कारण अर्थतन्त्र धरासायी बन्दै गएको छ । आईएमएफले हालै सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलूकको अद्यावधिक विवरणमा यो वर्ष (सन् २०२०) मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचित हुने उल्लेख छ ।
विकसितदेखि अतिकम विकसित मुलुकको समूहसम्म सबै क्षेत्रको आर्थिक वृद्धिदर १ प्रतिशतदेखि झन्डै १३ प्रतिशतसम्मले ऋणात्मक हुने आईएमएफको प्रक्षेपण छ ।
यता नेपाल सरकारले यस वर्ष नेपालको आर्थिक वर्ष २।३ प्रतिशत हुने अनुमान गरेको छ । एक महिना मात्र लकडाउन हुने अनुमानका आधारमा गरिएको यस्तो अनुमान लकडाउन बढ्दै जाँदा नमिल्न पनि सक्छ । कोराना कहर समाप्त नहुन्जेल नेपाली अर्थतन्त्र एकल रुपमा सकारात्मक वृद्धिको बाटोमा जान नसक्ने अर्थविदको विश्लेषण छ ।
बढ्दो वेरोजगारी
कोराना कहर बढेसंगै बेरोजगारी जोखिम चुल्ंिदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र अष्ट्रेलियन एडले संयुक्त रुपमा गरेको सर्वेले लकडाउनका कारण ३१ प्रतिशत नेपालीले आफ्नो आयआर्जन गुमाएका देखाएको छ ।
यसको असर खासगरी दैनिक ज्यालादारीमा काम गर्नेहरू छन् भने त्यसपछि ठूलो संख्यामा आप्रवासी श्रमिक वा रेमिट्यान्स प्राप्त गर्ने परिवारहरूमा बढि परेको छ । आय स्रोत गुमाउनेहरूमा साना व्यापारी तथा व्यवासायी पनि उत्तिकै छन् ।
आईएलओको नेपालको श्रम बजारमा पारेको असरबारे गरेको अध्ययन अनुसार लकडाउनका कारण ३७ लाख नेपालीको रोजगारी संकटमा परेको छ । लकडाउनका कारण नेपालमा १६ लाखदेखि २० लाख रोजगारीमा तत्कालै अवरोध आएको छ ।
निर्माण, उत्पादनमूलक (औद्योगिक) र व्यापारिक क्षेत्रका हरेक पाँचमध्ये चार श्रमिक जोखिममा परेको आईएलओले जनाएको छ । लामो समयको लकडाउनका कारण थोक तथा खुद्रा बिक्री क्षेत्रका ७ लाख ८० हजार जना प्रभावित भएको आईएलओको विश्लेषण छ ।
यसैगरी नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली ९नेस्क्याप०को अध्ययनले लकडाउनका कारण नियमित पेशा, व्यवसाय, काम ठप्प भएका कारण आयआर्जन गुमाउनु पर्र्दा १७ लाख ८१ हजार ६९८ घरपरिवार ‘अतिप्रभावित’ भएको देखाएको छ । यो देशभरिको कुल घरपरिवार संख्याको ३१।४७ प्रतिशत हो ।
अर्थतन्त्रलाई उकास्ने र व्यापारलाई चलाएमान बनाउने विभिन्न व्यवस्था नगरेसम्म चरम आर्थिक संकटले थलिएका साना व्यापारी तंग्रीने अवस्था आउदैन । सुनसान बजार र शिथिल व्यापारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन साना व्यापारी तथा व्यवसायीलाई अनुदान तथ पुर्नकर्जाका कार्यक्रम ल्याउनु जरुरी छ ।