neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ

Jul 3rd, 2020

रौतहट, १९ असार

देवाही गोनाही नगरपालिका टिकुलिया बकैया पुल नजिकै सडकमा पार्किङ गरी राखेको को.११ प २६६७ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बौधिमाई नगरपालिका-१ बौधा बस्ने २० वर्षीय रमेश राय यादव र रम्भु कुमार यादव रहेका छन् । मोटरसाइकल चोरी गरी डोर्‍याउँदै मौलापुरतर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनीहरुले उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi