neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Jul 3rd, 2020

मकवानपुर, १९ असार

हेटौंडा उपमहानगरपालिका-७ नागसोती चौकबाट जुवातास खेलिरहेको अवस्थामा ७४ हजार ६ सय ८५ रुपैयाँ र २ बुक तास सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका-७ नागसोती बस्नेहरु ५७ वर्षीय सुदर्सन फुयाल, ३७ वर्षीय उद्धब खुलाल, ४१ वर्षीय दिनेस गौतम, ३५ वर्षीय बिकास गौतम र २८ वर्षीय पूर्ण राज थिङ रहेका छन् । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi