neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

Jul 3rd, 2020

सुनसरी, १९ असार

हरिनगर गाउँपालिका-१ गौतमपुर बस्ने ४३ वर्षीया रसिदा खातुनको हत्या भएको घटनामा संलग्न रही फरार रहेको अभियोगमा मृतककै श्रीमान स्तुर भन्ने स्तुल मियाँ बुधबार पक्राउ परेका छन् ।

२०७६ अषाढ ९ गते रसिदा खातुनको मृत्यु भएको र सोही मितिबाटनै स्तुल मियाँ घरबाट भागी फरार भएको कारण आवश्यक अनुसन्धानको लागि प्रहरी प्रतिवेदन अनुसार स्तुल मियाँको नाममा जिल्ला अदालत सुनसरी इनरुवाबाट २०७६ चैत्र ३ गते पक्राउ पुर्जी जारी भएको थियो । निज स्तुलको खोजतलास गर्ने क्रममा बुधबार उनी आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएको हुँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ स्तुललाई जिल्ला अदालत सुसनरीबाट मुलुकी फौजदारी कार्यविधी (संहिता), २०७४ बमोजिम १० दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi