neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न बहुमुल्य धातु जस्तो देखिने पत्थर सहित पक्राउ

विभिन्न बहुमुल्य धातु जस्तो देखिने पत्थर सहित पक्राउ

Jul 3rd, 2020

काठमाडौं , १९ असार

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट सुन जस्तो देखिने पहेलो रंगको धातुमा हिरा जस्तो देखिने पत्थर ठुलो १ थान, सानो पत्थर १९ थान, निलम जस्तो देखिने पत्थर १३ थान, पन्‍ना जस्तो देखिने पत्‍थर १९ थान र रुबी जस्तो देखिने पत्थर २२ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने सुनसरी धरान महानगररपालिका-१६ घर भएका ३९ वर्षीय बिक्रम सिंह चौधरी र टोखा नगरपालिका-१० बस्ने गोरखा धार्चे गाउँपालिका-६ घर भएका २३ वर्षीय सुरेश घले रहेका छन् ।

उक्त स्थानमा बहुमुल्य धातु हिराको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा।७७ प ८५८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi