neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपा अध्यक्ष थापाद्धारा विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युबाहरुलाई भेट

राप्रपा अध्यक्ष थापाद्धारा विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युबाहरुलाई भेट

Jul 2nd, 2020

काठमाडौ, असार १८

राप्रपा अध्यक्ष कमल थापा आज बिहिबार विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युबाहरुलाई भेट गर्न पाटन पुगेका छन् । अनशन बसेका युबाहरुलाई भेट गरि अध्यक्ष थापाले संक्षिप्त कुराकानी समेत गरेका छन् ।

केही समय सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर थापाले एक्यवद्धता समेत प्रकट गरेका थिए। भेट पछि उनले ट्विट गर्दै लेखेका छन् “जनसरोकारका मागहरु राखेर अनशन र सत्याग्रहमा बसेका ’ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गंभीर बन्दैछ ।

युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम केपी ओली सरकारसंग आग्रह गर्दछु । अध्यक्ष थापाले भने, ईनफ ईज ईनभ अभियानमा हाम्रो एक्यबद्धता छ ।“