neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीलाई हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा प्रदर्शन

प्रधानमन्त्रीलाई हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा प्रदर्शन

Jul 2nd, 2020

काठमाडौँ, १८ असार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज माइतीघर मण्डलामा युवाले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

जय महाकाल युवा समूहको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी युवाहरुले ‘जय महाकाल’ लेखिएको टिसर्ट लगाएका थिए । समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले प्रधामन्त्रीका केही कमीकमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने बताउनुभयो ।
देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । रासस०

aadharbhumi
aadharbhumi
aadharbhumi