काठमाडौ, असार १८
नेपाल बायुुसेवा निगमले संयुुक्त राष्ट्रसंघको शान्ती मिसनमा नेपाली सेना लैजाने तथा ल्याउने भएको छ । निगका अनुसार संयुक्त राष्ट्र संघको सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीको मिनुुसिमा मिसनहरुमा कार्यरत नेपाली सेनाहरुलाई लैजाने तथा नेपाल ल्याउने अवसर नेपाल वायुसेवा निगमले प्राप्त गरेको हो ।
निगमका अनुसार ८ जुलाई २०२० मा उक्त चार्टर उडान हुने भएको छ । काठमाण्डौबाट दोहामा टेक्निकल ल्याण्डिङ गरी त्यहाँबाट अफ्रिकाको बान्गुुई एयरर्पोट प्रस्थान गर्नेछ । त्यसैगरी बान्गुुईबाट अफ्रिकाको माली पुग्नेछ र मालीबाट बाट जुलाई ९ मा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।