neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाबाट ४९ दिने शिशुको मृत्यु ,मृत्यु हुनेको संख्या ३१ पुग्यो

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु ,मृत्यु हुनेको संख्या ३१ पुग्यो

Jul 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ असार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४९ दिने शिशुको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

ती शिशुको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । शिशुलाई असार ९ गते अचानक घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना  गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो र शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi