neapl investment mega bank

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Jul 2nd, 2020

काठमाडौं, १८ असार

काभ्रे, धुलिखेल नगरपालिका-२ रविओपीस्थित सडकमा बा.४ ख ६३८६ नम्बरको टिपरले बा.३६ प ५०५२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक धुलिखेल नगरपालिका-२ बस्ने ५३ वर्षीय बेद प्रसाद कोईराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोईरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-४ हरैयाचोकस्थित सडकमा ज.३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक जनकपुर उपमहानगरपालिका-२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय बिजय कुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ बंगरी पुलस्थित सडकमा ना.३ ख ४८९३ नम्बरको ट्रकले ना.२ ह ५०७१ नम्बरको अटोलाई बुधबार राति ठक्कर दिँदा अटो चालक पर्सा वीरगंज महानगरपालिका-२७ बस्ने ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi