neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड १९ का कारण बिदेशमा अलपत्र मध्ये एकैदिन १५ सय जनाको उद्धार, उद्धार हुनेको संख्या हालसम्म १३ हजार सात सय नाघ्यो

कोभिड १९ का कारण बिदेशमा अलपत्र मध्ये एकैदिन १५ सय जनाको उद्धार, उद्धार हुनेको संख्या हालसम्म १३ हजार सात सय नाघ्यो

Jul 2nd, 2020

काठमाडौ, असार १८

कोभिड १९ का कारण बिदेशमा अलपत्र परेकाहरु मध्ये एकै दिन १५ सय जनाको उद्धार गरिएको छ । सिसिएमसीका अनुसार बुुधबार कतारबाट दुुई वटा उडान मार्फत क्रमश एक सय ४५ र एक सय ५२, युुएईबाट तीन वटा उडान मार्फत क्रमश एक सय ५२, एक सय ५८ र एक सय ४८, कुवेतबाट दुुई वटा उडामार्फत क्रमश एक सय ५९ र एक सय ६०, साउदी अरेबियाबाट दुुई सय ५७ र मलेसियाबाट १४ सय सहित झण्डै १५ सय जनाको उद्धार गरिएको हो । यसबाहेक कतारबाट एक, साउदी अरेबियाबाट ११, कुुवेतबाट दुुई सय युुएई बाट एउटा लास समेत फिर्ता ल्याईर्एको छ ।
कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा बुुधवार उक्त संख्यामा नागरिकहरुको उद्धार गरिएको सिसीएमसीले जनाएको छ ।

यसरी फिर्ता ल्याईएकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ । उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाईनहरुमा पठाउने तयारी भईरहेको सिसिएमसीले जनाएको छ । यो समेत गरी हालसम्म बिदेशमा अलपत्र परेका १३ हजार सात सय सात जनाको उद्धार गरिसकेको सिसीएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi