neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकारलाई राप्रपाको आव्हान

कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकारलाई राप्रपाको आव्हान

Jul 2nd, 2020

काठमाडौ, असार १८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आह्वान गरेका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवन सुरक्षा माग गर्ने युवा मतलाई लिएर सत्तापक्षको चेत नुखल्नु निन्दनीय र चिन्ताजनक रहेको राणाले टीप्पणी गरेका छन् । कुर्सीको झगडा थाँती राखेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपाको उनले ध्यानाकर्षण गरेका छन् ।
‘कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै इशानसहित यूवाहरू सात दिनयता सत्याग्रहमा छन् । तिनको जीवन रक्षा, स्वास्थ्य, सान्दर्भिक मागप्रति सत्तापक्षको चेत नखुल्नु निन्दनीय छ, चिन्ताजनक छ,’ राप्रपा अध्यक्ष राणाले बिहीबार ट्वीट गर्दै भने ।

‘कुर्सीको झगडा थाँती राखी, चीर निंद्राबाट जागेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपालाई आह्वान गर्दछु,’ उनले भने ।

पाटन, मंगलबजारमा इशानसहित यूवाहरूले बिना खाना र पानी सत्याग्रह जारी राखेका छन् । स्वास्थ्य स्थिति बिग्रीएपछि केही सत्याग्रहीलाई अस्पतालमा लगिएको छ । तिनले महाराजगंजस्थित शिक्षण अस्पतालमा सत्याग्रह जारी राखेका छन् ।