neapl investment mega bank
  • गृहपृष्ठ
  • दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ

दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ

Jul 1st, 2020

काठमामाडौँ, १७ असार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

एशिया दलित अधिकार फोरमद्वारा आज यहाँ आयोजित ‘भर्चुअल’ बैठकमा उहाँले भन्नुभयो, “कोरोना भाइरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीको व्यवस्थापन गर्ने काममा विभेद् नहोस् भन्नेमा सरकार सचेत रहेको छ ।” “कहिँकतै त्यस्तो विभेद् गरेको प्रमाणित भए तत्काल खबर गर्नुहोला, सरकारले कडा कारवाही गर्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले दलितमुक्ति आन्दोलनलाई सफल बनाउन सामाजिक अभियान नै सञ्चालन गर्नुपर्ने भन्दै दलितलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । दलितहरुलाई विभेद् हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाइरसबाट पीडित राहत वितरणमा समेत दलितमाथि विभेद् हुने गरेको गुनासो गरेका थिए । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi