neapl investment mega bank
  • गृहपृष्ठ
  • सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

Jul 1st, 2020

काठमाडौं, असार १७

नेपाली सेनाले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही गरेको छ । सेनाकन अनुसार आज बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको हो ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको हुँदा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको हो, सेनाले भनेको छ ।

पद्दती र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi