neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल स्टक एक्सचेन्ज र आईसीएफसीबिच सम्झौता

नेपाल स्टक एक्सचेन्ज र आईसीएफसीबिच सम्झौता

Jul 1st, 2020

काठमाडौं, असार १७

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडबिच सम्झौता भएको छ । दुुबै संंस्थाका प्रमुुखहरुबिच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको दुुई लाख थान १२ प्रतिसत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

फाईनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् दुुई लाख थान १२ प्रतिसत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको दुुई लाख थान ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । ऋणपत्र सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र आइ.सि.एफ.सि. फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका हुुन ।