आधारभूमि संवाददाता
काठमाडौ, असार १७
काठमाडौंमा थप १७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । यस अघी मंगलबार काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।