काठमाडौ, असार १७
फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशकमा नियुुक्ता भएकाछन । उनले काठमाडौं उप क्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दे करिब पाँच अर्र्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्ने बिश्व बैंकले जनाएको छ ।
हदाद जर्भोस भन्दापहिले यी तीन देशका राष्ट्रिय निर्देशक रहनुभएकी श्रीआइडाजी.पस्वराई रद्धीहोले विश्व बैंकमै अर्को नयाँ कार्यभार ग्रहण गर्देछन । यस नियुक्ती अघि हदाद जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धकरुपमा रहेका थिए । संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६(वि सं २०५२) देखि विश्व बैंकसँग आबद्ध रहेकाछन भने यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेकाछन । साथै उनले यसअघि खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, ईराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरिसकेकाछन ।
कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालिन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उनको नियुक्ती भएको हो । देशहरूले कोभिड १९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ हदाद जर्भोसले भने । “विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड १९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ । यसका लगि म तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छ ।
विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल ३५ करोड डलरभन्दा बढिको कोभिड १९ आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्व तयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।