neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी पक्राउ

पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी पक्राउ

Jul 1st, 2020

भक्तपुर, १७ असार

बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा मनोरमपार्कस्थित पूर्व सूचना प्रविधि तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको निर्णाणधिन घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न रही फरार रहेका मुख्य योजनाकार शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको हो ।

यसअघि सोही घटनामा संलग्न अभिषेक भन्ने टेक बहादुर बिक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी र देबी बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात जिल्ला अदालत भक्तपुरको २०७६ फागुन ३० गते पत्रले देबी बहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ शाही उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi