आधारभूमी संवाददाता
लालितपुर, १७ असार
ललितपुरमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमित हुनेमा अल्का अस्पतालका दुई जना स्वास्थ्यकर्मी र एक जना बिरामी रहेका छन् । त्यस्तै बि एण्ड बि अस्पतालमा एक र मेडिसिटी अस्पतालमा पनि एक जना संक्रमित भेटिएको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक स्वास्थ्यकर्मीले आधारभूमिलाई जानकारी दिए ।
स्रोतका अनुसार, मेडिकेयर अस्पतालमा भेटिएका संक्रमित मृगौलाको पत्तथरीको उपचार गराउन गएका थिए र स्वाव संकलन गरिएपछि उनमा कोरोनाको पुष्टी भएको छ । संक्रमित सबै स्थिानी हुन् । दैनिक हुने स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा यस विषयमा थप जनाकारी गराइने जनाइएको छ ।