neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा ,प्रतितोला ९१ हजार ७ सयमा कारोबार

सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा ,प्रतितोला ९१ हजार ७ सयमा कारोबार

Jul 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार १७

सुनचाँदीको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । महासंघका अनुसार आज एकैदिनमा छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ७०० पुगेको छ । मंगलबार छापावाल सुन प्रतितोला रु ९१ हजार २०० मा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन पनि ५०० ले वृद्धि भएको छ । आज तेजावि सुनको मूल्य प्रतितोला ९१ हजार २६५ निर्धारण भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला रु ९० हजार ७६५ मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ९ सय ६० पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

यस अघी गत असार १४ गते सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको थियो ।