neapl investment mega bank

मानव अधिकार आयोगद्वारा दुःख व्यक्त

Jun 30th, 2020

काठमाडौँ, १६ असार

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति, मकवानपुरका अध्यक्ष डा कृष्णप्रसाद धिताल चढेको गाडी दुर्घटनामा परी भएको दुई जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनुगमनका क्रममा नारायणगढ–मुग्लिनखण्डमा यही असार १५ गते भएको सवारी दुर्घटनामा उहाँकी धर्मपत्नी प्रभा गौतम तथा छोरा अनुज धितालको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

आयोगले दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै सवारी दुर्घटनामा परी घाइते भएका डा धिताल, निजकी छोरी वर्षा धिताल र सवारी चालक राजन घिमिरेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । डा धितालले कोभिड–१९ को सन्दर्भमा मकवानपुर जिल्लाको मानव अधिकार अवस्थाको प्रभावकारी अनुगमन गरी पु¥याउनुभएको योगदान तथा २०७२ सालको विनाशकारी भूकम्पबाट उत्पन्न परिस्थितिमा आयोगद्वारा गठित जिल्लास्तरीय मानव अधिकार अनुगमन मोबाइल क्याम्पको समेत संयोजकको रुपमा रही आयोगलाई पु¥याउनुभएको सहयोगको पनि आयोगले स्मरण गरेको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi