neapl investment mega bank

ललितपुरका दुई वडामा होल्डिङ सेन्टर

Jun 30th, 2020

ललितपुर, १६ असार

ललितपुर महानगरपालिकाले वडा नं ४ बागडोल र ५ जावलाखेलमा एक–एक गरी दुईवटा होल्डिन सेन्टरको व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपालीलाई राख्न महानगरपालिकाले सो योजना अघि बढाएको हो ।

महानगरपालिकाले यही असार १४ गतेबाट वडा नं ४ बागडोलमा रहेको ज्यापू समाजको बृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने व्यवस्था गरिसकेको छ । सो भवनको क्षमता ११० श्ययाको भए पनि हाललाई महानगरपालिकाले २६ श्यया मात्र प्रयोगमा ल्याउने व्यवस्था गरेको प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । महानगरपालिकाले यसअघि जावलाखेलको स्टाफ कलेजमा होल्डिङ सेन्टरको व्यवस्था गरिरहेको महर्जनले जानकारी गराउनुभयो ।

महानगरपालिकाले गत वैशाख २२ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भवन खेलाडी होस्टेलमा क्वारेन्टिनको व्यवस्था गरिरहेको छ । सो क्वारेन्टिनमा विदेशबाट फर्किएका हाल २३ जनाले सेवा लिइरहनुभएको छ । पाटन अस्पतालमा कोभिड–१९ को शङ्कामा उपचार गराउन आउनुभएका बिरामीको कुरुवा र आफन्त गरी १६५ जनाले सेवा लिइसक्नुभएको महर्जनले जानकारी गराउनुभयो ।

महिलाका लागि क्वारेन्टिन

यसैगरी वडा नं २६ सुनाकोठीस्थित पोषण पुनःस्थापना गृहको दुई वटा भवनमा महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । महानगरपालिकाले महिलाका सुरक्षालाई विशेष ध्यानमा राखीे छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो ।

सत्ताइस श्ययाको क्षमता रहेको क्वारेन्टिनमा हाल नौ जना महिलाले सेवा लिइरहेका महर्जनले बताउनुभयो । “यस क्वारेन्टिनमा रहेका महिलालाई आवश्यक परेमा मनो–सामाजिक परामर्शदाताको समेत व्यवस्था गरेका छाँै”, उहाँले थप्नुभयो ।

विभिन्न नगरपालिकाका क्वारेन्टिन

महालक्ष्मी नगरपालिकाले वडा नं ५ टीकाथलीमा २०, वडा नं ६ सिद्धिपुरमा २० र वडा नं ७ चाँगाथलीमा १० गरी ५० श्ययाको क्वारेन्टिन व्यवस्था गरिसकेको प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बाँकी रहेका अन्य सात वडामा १०–१० श्ययाको क्वारेन्टिन तयार गर्दै छाँै ।”

यसैगरी गोदावरी नगरपालिकाले गत जेठ १६ गते हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णयानुसार कुनै वडामा १० माथि त कुनै वडामा भर्खरै क्वारेन्टिन व्यवस्थापन गर्ने क्रम अघि बढेको बताएको छ । कोञ्ज्योसोम गाउँपालिकाले कोरोना जोखिमलाई ध्यानमा राखी २० श्ययाको क्वारेन्टिन तयार गरिरहेको अध्यक्ष गोपीलाल सिङ्तानले बताउनुभयो ।

महाँकाल गाउँपालिकाले वडा नं २ मानिसले, वडा नं ५ चन्दनपुर र वडा नं ७ गोटीखेल स्वास्थ्यचौकीमा पाँच–पाँच गरी १५ श्ययाको क्वारेन्टिन तयार गरिसकेको अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । वाग्मती गाउँपालिकाले १० श्ययाको क्वारेन्टिन व्यवस्था गरिरहेको अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक परेमा क्वारेन्टिन थप्ने कुरो अघि बढी नै रहेको छ ।” रासस

aadharbhumi
aadharbhumi
aadharbhumi